मोरङमा रास्वपाको ‘क्लिन स्वीप’

मोरङमा रास्वपाको ‘क्लिन स्वीप’

विराटनगर । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका ६ वटै क्षेत्रमा फराकिलो मतान्तरले जित हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत ल्याइन् । मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार...
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी

ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी

विराटनगर । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतले विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कुमार लुइँटेललाई विश्वराजले ५ मतले पराजित गरेका हुन् । रास्वपाका पोखरेलले १३ हजार ९५३ मत पाउँदा काँग्रेसका लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अम्बिरबाबु गुरुङले ११ हजार २९६ र नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १०...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य तीन लाख १६ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर पाँच हजार चार सय ७५ रुपैयाँ पुगेको छ । 
धनकुटामा एमाले उम्मेद्वार राजेन्द्र राईको ‘ह्याट्रिक’

धनकुटामा एमाले उम्मेद्वार राजेन्द्र राईको ‘ह्याट्रिक’

धनकुटा । धनकुटाबाट नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका राई १८ हजार १ सय ३२ मतसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश राईलाई ३ हजार ८ सय ७५ मतान्तरले पराजित गरेका छन् । कांग्रेस जिल्ला सभापतिसमेत रहेका दिनेशले १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन् । त्यस्तै, श्रम संस्कृति पा...
झापा–३ मा रास्वपाका पाठकसँग राप्रपाका राजेन्द्र लिङ्देन पराजित

झापा–३ मा रास्वपाका पाठकसँग राप्रपाका राजेन्द्र लिङ्देन पराजित

विराटनगर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । पाठक ३८ हजार ६७४ मत ल्याउँदै विजयी भएका हुन् । पाठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गरेका छन् । लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली काँग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ र नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत ल्याए ।
झापा–५ मा बालेनसँग ४९ हजार बढी मतान्तरले केपी ओली पराजित

झापा–५ मा बालेनसँग ४९ हजार बढी मतान्तरले केपी ओली पराजित

विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनल ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत ल्याउन सफल भए । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ र नेपाली काँग्रेसकी मंधरा चिमरियाल...
फोटो खिच्ने क्रममा तमोर नदीमा खस्दा महिला गम्भीर घाइते

फोटो खिच्ने क्रममा तमोर नदीमा खस्दा महिला गम्भीर घाइते

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीमा फोटो खिच्ने क्रममा चिप्लिएर नदीमा खस्दा एक महिला गम्भीर घाइते भएकी छिन् । मोरङको बुढिगंगा गाउँपालिका-१ बस्ने गोविन्द बरालकी २४ वर्षीया पत्नी सुस्मा पौडेल घाइते भएकी हुन् । आज दिउँसो करिब २ः४० बजे अरुण थर्ड हाइड्रोपावरको सामान बोक्नका लागि निर्माण गरिएको वैकल्पिक बाटोमा फोटो खिच्ने क्रममा पौडेल अचानक चिप्लिएर नदीमा खसेकी थिइन् । नदीले उनलाई बगा...
मोरङ–५ मा रास्वपाकी आशा झा २१ हजार मतान्तरले विजयी 

मोरङ–५ मा रास्वपाकी आशा झा २१ हजार मतान्तरले विजयी 

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा २१ हजार १९ मतान्तरले विजयी भएकी छिन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कुल ३० हजार ४३४ मत प्राप्त गर्दै झा विजयी भएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टीका राजकुम...
मोरङ–२ मा रास्वपाका कृष्ण कार्की २५ हजार बढी मतान्तरले विजयी

मोरङ–२ मा रास्वपाका कृष्ण कार्की २५ हजार बढी मतान्तरले विजयी

विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् । कार्की ४० हजार ९ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियालाई २५ हजार ३ सय मतले पराजित गरेका छन् । बगडियाले १५ हजार ६ सय २४ मत ल्याउँदा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त...
भोजपुरमा माटोको अग्रता, पछ्याउँदै शेरधन

भोजपुरमा माटोको अग्रता, पछ्याउँदै शेरधन

विराटनगर । भोजपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई अगाडि छन् । अरुण, आमचोक, टेम्केमैयुङ र पौवादुङमा गाउँपालिकाको मतगणना सकिँदा ध्रुवराजले ६ हजार ४५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सचिव समेत रहेका शेरधन राईले उनलाई पछ्याइरहेका छन् । शेरधनले ५ हजार ५६५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (ने...
संखुवासभामा मतगणना सुरु

संखुवासभामा मतगणना सुरु

विराटनगर । संखुवासभामा मतगणनाका सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रका मतपेटिका ढिला आइपुगेका कारण मतगणना ढिलो सुरु भएको मुख्य निर्वाचन अधिकृतको ...
झापा–५ मा ३१ हजार बढी मतान्तरले बालेन अगाडि

झापा–५ मा ३१ हजार बढी मतान्तरले बालेन अगाडि

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मतपरिणाम बालेनले ४२ हजार ५४३ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ७ हजार १०७, नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १२०२ र नेपाली कम्युनिष्...
धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता कायमै

धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता कायमै

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मत गणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई अग्रता कायमै राखेका छन् । हालसम्मको मतगणना अनुसार राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका सानबहादुर राईले ७ हजार १९१ मत पाएका छन् । यस्तै काँग्रेसका दिनेश राईले ६ हजार १०७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५ हजार १९१ र नेपाली कम्य...
मोरङ–६ मा रास्वपाकी आचार्य ४२ हजार बढी मतान्तरले विजयी

मोरङ–६ मा रास्वपाकी आचार्य ४२ हजार बढी मतान्तरले विजयी

विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य विजयी भएकी छन् । आचार्य ४२ हजार ६६३ मतान्तरसहित विजयी भएकी हुन् । आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हज...
चितवन– २ मा ३९ हजार बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन– २ मा ३९ हजार बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रताप गुरुङले ४ ह...
मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । उनले ३६ हजार ८५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका नेपाली काँग्रेसका गुरुराज घिमिरेले १२ हजार १४७ मत प्राप्त गरेका छन् । राजवंशीले २४ हजार ७१२ मतान्तरले जित हासिल गरेका हुन् । राजवंशी पूर्व पत्रकार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ...
अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

विराटनगर । प्रतिनिध सभा सदस्य निर्वाचन अन्तरगत हालसम्म ११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । याे समाचार तयार पादार्सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ६ स्थानमा जित हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ । रास्वपाका उम्मेदवार गणेश पराजुली काठमाडौं–७ बाट २७८०५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनलाई पछ्याएका काँग्रेस उम्मे...
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । कुल १९ हजार १८८ मत खसेको रुकुम पूर्वमा १५ हजार ८२३ मत गणना भइसकेको छ । जसमा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । अब ३ हजार ३६५ मत गणना गर्न बाँकी भएपनि गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० म...
रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

विराटनगर । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् । यो समाचार तयार पार्दासम्म रास्वपाले ९३ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली काँग्रेसले ११ स्थानमा अग्रता बनाउँदा नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ स्थानमा अग्रता बनाएको छ । यस्तै राष्...
धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा उनले १५९० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका राजेन्द्र राईले १०४०, नेपाली काँग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत प्राप्त गरेका छन् ।
मोरङ–२ को मतगणनास्थलमै हृदयघातका कारण रास्वपा नेता रेग्मीको निधन

मोरङ–२ को मतगणनास्थलमै हृदयघातका कारण रास्वपा नेता रेग्मीको निधन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ–२ को मतगणनास्थलमा हृदयघातका कारण उनको मृत्यु भएको रास्वपा नेताले बताएका छन् । उनी मतगणना प्रतिनिधि भएर मोरङ क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथत मन्दिरमा रहेका थिए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता बनाएका छन् । साँगुरीगढी वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा राईले ५१४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले २३ र ने...
मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

विराटनगर । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । काँग्रेसका योगेश गौचनले ३ हजार ३०७ मत ल्याएर विजयी भएका हुन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम मत पाएका छन् । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।
मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

विराटनगर । मोरङका ६ वटा क्षेत्रमध्ये ५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत जारी मत गणनामा मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि छन् । उनले पछिल्लो मत परिणाम अनुसार ५५४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस उम्मेदवार सुनिल शर्मा ३३६ मतसहित ...
मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार राजवंशी ८९१६ मतले अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गुरुराज घिमिरेले २६४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अमनलाल मोदीले २४२८ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले १९५३ मत पाएका छन् ।
धनकुटामा मतगणना सुरु 

धनकुटामा मतगणना सुरु 

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा मतगणना सुरु भएको छ । सामुदायिक भवनमा अहिले केहीबेर अघि मतगणना सुरु भएको हो । आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि केही ढिलोगरी मतगणना सुरु भएको हो । धनकुटामा तीन स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् ।
भोजपुरमा १२ बजेपछि मतगणना हुने

भोजपुरमा १२ बजेपछि मतगणना हुने

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आज दिउँसो १२ बजेपछि सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि सुरु भएको सो छलफलमा मतगणनाको समय र प्रक्रियाका बारेमा अन्तिम निर्णय लिइनेछ । छलफल सकिएलगत्तै मतगणनाको टुङ्गो लाग्ने र आधिकारिक सूचना जारी गरिने कार्यालयले जनाएको ...
रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले काठमाडौं–१ बाट जित दर्ता गरिसकेको छ भने ४५ स्थानमा अग्रता बनाएको छ । नेपाली काँग्रेसले ६ स्थानमा अग्रता बनाउँदा नेकपा एमाले ४ स्थानमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय प्रजातन्त्र ...
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ बाट खाता खोलेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मत ल्याउँदै विजयी भएकी हुन् । यस्तै काँग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । रञ्जु निर्वाचित औपचारिक घोषणा गर्न भने हुन बाँकी छ ।
मतगणना सुरु भएका मोरङका तीन क्षेत्रमा रास्वपाको अग्रता

मतगणना सुरु भएका मोरङका तीन क्षेत्रमा रास्वपाको अग्रता

विराटनगर । मतगणना सुरु भएका मोरङका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी फराकिलो मतले अगाडि छन् । राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा...
मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५८६ मत प्राप्त गरेका छन् । यो कटहरी १, २ र ...
error: Content is protected !!