संगालोखबर
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो । भोलि देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । यस्तै गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्यान्डबाई राख्ने निर्णय गरिएको छ ।

केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ । बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!