काठमाडौं । काठमाडौं उपत्यकामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भक्तपुरको चाँगुनारायण आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उपत्यकामै केन्द्रविन्दु बनाएर भूकम्प गएकाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको थियो । भूकम्पले हल्लाएपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।