संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

जनकपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक छन् ।

शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् । प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।

Advertisement

गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रविलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!