संगालोखबर सम्बाददाता

तनहुँ । अविरल बर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा सडक भासिदा गएरातिदेखि पृथ्वी राजमार्गमा सवारी आवतजावत अवरुद्ध भएको छ । साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भासिएको हो ।

Advertisement

जसका कारण रातिदेखिनै सो राजमार्गमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध भएपछि गन्तव्यमा जान नसकी सवारी साधनबीच बाटोमै अलपत्र परेका छन् । तत्काल मर्मतसम्भार गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइदै छ ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म राजमार्ग खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!