संगालोखबर सम्बाददाता

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् ।

Advertisement

गाईवस्तु चराउन गएका बेला बर्षा भएपछि उनीहरु एउटै छातामा ओत लागेका थिए । दुबै जनामाथि चट्याङ पर्दा घटनास्थलमै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!