आज फागु पूर्णिमा अर्थात् होलीः हर्षोल्लासपूर्वक मनाइँदै
धनकुटा । रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आईतवार (आज) मनाईदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ ।
हरेक बर्ष बसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमा मनाईन्छ । फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।
आपसमा रङ र अबिर दलेर खुसी साट...

