मुम्बई । टाइगर श्राफ र दिशा पटानीको सम्बन्धको वारेमा धेरै टिका टिप्पणी भएको छ बलिउडमा । पछिल्लो समय केही भारतीय मिडियाले टाइगरले दिशाको लागि घरमै खाना पुर्‍याउँने गरेको उल्लेख गरेको छ ।

Advertisement

त्यसो त टाइगर र दिशा डेटिङमा जाने गरेको देखि सँगै डिनर गएको समेत भारतीय मिडियाले उल्लेख गरेको छ । पछिल्लो जानकारी अनुसार दिशाका लागि टाइगरकै सेफले बनाउने गरेका छन् । हरेक दिन टाइगरको सेफ खाना बनाएर दिशाको घरमा पुर्‍याउँछन् ।

टाइगर आफ्नी प्रेमीकाको फिगरको वारेमा अलि बढि नै चिन्तित छन् । सोही कारण उनले खाना समेत आफ्नै निर्देशनमा खुवाउने गरेको भारतीय समाचार सँस्थाले उल्लेख गरेको छ ।

टाइगर अहिले प्रदर्शोन्मुख फिल्म मुन्ना माईकलको सुटिङमा ब्यस्त छन् । मुन्ना माईकल डान्सको साथै एक्सन फिल्म हो । ‘हिरोपन्थी’वाट डेब्यु गरेका टाइगर पनि नयाँ फिल्मप्रति उत्तिकै आशावादी छन् । टाइगर डान्स र एक्सनमा खप्पीस छन् । दर्शकलाइ प्रभावित गर्न सक्ने क्षमता राख्ने कारण नै टाइगर निर्देशकको रोजाईमा पर्ने गरेका छन्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!