धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी
धनकुटा । धनकुटा नगरपालिका-६ शिव पार्क नजिकै रहेको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी भएको छ । कृष्ण प्रसाद दाहालले जमुना श्रेष्ठको घरमा सटर भाडा लिएर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरमा चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान ९ बजेतिर चोरी भएको भनेर खबर आएको थियो । सटरको चाबी अड्काउने ठाउँमा फोडेर भित्र पसी सिसी क्यामेराको डीभीआर बक्स र...





























