यू-१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
विराटनगर । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो ।
हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै वि...




























