
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सामुदायिक वन क्षेत्रबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । बुधबार राति करिब ११ः३० बजे शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो ।
सो क्रममा मोटरसाइकल लिएर चालक फरार भएका थिए । सुनसरी प्रहरीका अनुसार पछ्याउँदै जाँदा धरान-तरहरा सिमानानजिक पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सोही क्रममा पानबारी-सेउती भित्री सडक खण्डअन्तर्गत पानबारी सामुदायिक वन क्षेत्रमा फालिएको अवस्थामा २५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













