संगालोखबर


ताप्लेजुङ । यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएका चार वटा बोलेरो ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले चार वटा बोलेरो नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीमध्ये ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को १ ज ११११ नम्बरको सवारी दर्ता किताबमा रहेको तर इन्जिन नम्बरसँगै गाडीमा भएको इन्जिन मेल नखाएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै ना ३ च ३९२८ को इन्जिन नम्बर यातायात व्यवस्थापन कार्यालयको अनुमति नलिई सञ्चालन गरेको पाइएको छ । ना २ च ७२९५ नम्बरको बोलेरोको सवारी दर्ता भए पनि इन्जिनसँग गाडीमा रहेको इन्जिन मेल नखाएको तथा सवारी दर्तामा रातो रङ उल्लेख भए पनि गाडी सेतो रङमा सञ्चालन भएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका बोलेरोलाई अनुसन्धानका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरी पठाइने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!