महेश बस्नेतलाई अबरोध गर्ने क्रममा धनगढीमा युवासंघ र जेनजीबीच झडप

महेश बस्नेतलाई अबरोध गर्ने क्रममा धनगढीमा युवासंघ र जेनजीबीच झडप

धनगढी । धनगढीमा युवा संघका नेता-कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए । बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेपछि झडप भएको प्रहरीले जनाएको छ । ...
आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका झापाका पुरुषको मृत्यु

आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका झापाका पुरुषको मृत्यु

विराटनगर । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका झापाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह-२ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेल छन् । प्रहरीका अनुसार उनले सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे आगो ल...
मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

विराटनगर । दिनहुँ जसो बालबालिका हराएका सूचना सामाजिक सञ्जालमा देखिन्छन् । प्रहरीमा पनि खोजीका लागि निवेदन दिइन्छ । तर फेला परेको जानकारी कमै मात्र पाइन्छ । मोरङमा पनि बालबालिका हराउने क्रम बढेको छ । कतिपय विद्यालयबाटै र कतिपय घरबाटै बेपत्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म २४ जना बालक र ९१ जना बालिका गरी ११५ जना हराएका छन् । जसमध्य...
पाँचथरमा गोरुले हान्दा एक जनाको मृत्यु

पाँचथरमा गोरुले हान्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१४ सानो भालुखोपमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६९ वर्षीय पदमवीर राई छन् । मंगलबार साँझ करिब ५ बजे आफैँले पालेको गोरुले बाँध्ने क्रममा राईलाई हानेको प्रहरीले जनाएको छ । गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णले जानकारी दिए । शव पोष्टमार्ट...
जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी झापाबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी झापाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका दुई जना कैदीबन्दी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन् । विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाइने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ ।
विद्यार्थी परिषदद्वारा सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान थालनी

विद्यार्थी परिषदद्वारा सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान थालनी

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान-२०८२ सार्वजनिक गरेको छ । ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सुरु गर्न लागिएको अभियान देशव्यापी हुने जनाइएको छ । परिषद्ले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै युवामाझ सकारात्मक सोच, जिम्मेवारीबोध र देशप्रतिको दायित्व चेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको जनाएको छ । देशमा फैलिएको निराशा, नकारात...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढे...
विराटनगरको रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु

विराटनगरको रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले दक्षिणी क्षेत्रमा २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सुरु गरिएको हो । उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्‌घाटन गरे । महानगरले भौतिक पूर्वाधारको...
एमालेको महाधिवेशनमा मोरङबाट ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी

एमालेको महाधिवेशनमा मोरङबाट ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटका लागि मोरङबाट एक सय ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ युवासहित ४६ जना प्रतिनिधिका लागि प्रतिनिधिका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।...
एनपीएलमा आज विराटनगरले चितवनसँग खेल्दै

एनपीएलमा आज विराटनगरले चितवनसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दै छ । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि खेल सुरु हुनेछ । विराटनगरले हालसम्म तीन खेल खेल्दा तीन खेलमै जित निकालेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले दोस्रोमा काठमान्डु गोर्खाज र तेस्रोमा जनकपुर बोल्ट्सलाई हराएको हो । यस्तै चितवन राइनोजले भने हालसम्म २ खेल खेलेको छ । पहिलो खेलमा ...
धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको अभियान धनकुटामा आज शुभारम्भ गरिएको हो । सो अवसरमा धनकुटा नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवालाहरूले आफू र आफ्नो घरबाट लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गर्नुपर्ने बताए । उनीहरूले सहर भन्दा गाउ...
मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस...
ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको उम्मेदवारी घोषणा

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक...
प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा हामी आशावादी छौँ : सभामुख घिमिरे

प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा हामी आशावादी छौँ : सभामुख घिमिरे

विराटनगर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू आशावादी रहेको बताएका छन् । आज कोशी प्रदेशसभा भवनको निरीक्षणका क्रममा विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू आशावादी रहेको बताएका हुन् । आफूहरू न्यायालयमा गएको र न्याय ठीक ढङ्गबाट भएको खण्डमा संसद् पुनर्स्थापना हुने उनले विश्वास व्यक्त गरे । उनले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन...
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला

रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला

रौतहट । रौतहटमा परिवारकै सदस्यहरूको मिलेमतोमा एक महिलाको हत्या भएको खुलेको छ । वृन्दावन नगरपालिका-९ भुसाहामा शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनको परिवारकै सदस्यको मिलेमतोमा हत्या भएको खुलेको हो । मंगलबार बिहान घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खातुनको शव पुरिएको अवस्थामा फेला पारेको हो । प्रहरीका अनुसार शव घरभित्रै खाडल खनेर गाडिएको अवस्थामा फेला परेको हो । मृतकका श्रीमान शेख आ...
जेनजी आन्दोलनमा लुटिएको दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएको दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउन्ड गोलीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ बाट उक्त हतियारसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा छन् । प्रहरीका अनुसार भदौ २४ गते भएको जेनजी आन्दोलनका क...
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि आज दल दर्ता गरेको छ । निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । एमाले ६६ नम्बरमा दर्ता भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दल दर्ताको समय मंसिर १० गतेसम्म तोकिएको छ । आयोगका अनुसार सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्...
धरानबाट गाँजासहित साँगुरीगढीका दुई जना पक्राउ

धरानबाट गाँजासहित साँगुरीगढीका दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० भन्ज्याङबाट गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को १ ज २१७८ नम्बरको यात्रु बाहक पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ का ४८ वर्षीय खड्गबहादुर मङ्ग्राती र सोही स्थानका १७ वर्षीय दुर्गा बिक छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द...
सुनको मूल्य ५२ सय रुपैयाँ बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य ५२ सय रुपैयाँ बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर...
अपडेट : विराटनगरको सात घुम्तीनजिक लागेको भीषण आगलागी नियन्त्रणमा

अपडेट : विराटनगरको सात घुम्तीनजिक लागेको भीषण आगलागी नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित सात घुम्तीनजिक एउटा प्लाष्टिक उद्योगको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा लिइएको हो । विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पाँच वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । विराटनगर महानगरपालिकाका दुई, दुहबी नगरपालिकाको एक, बेलबारी नगरपालिकाको एक र सुन्दरहरैँचाको एक गरि पाँच वटा दमकलले आ...
विराटनगरको सात घुम्तीनजिक भीषण आगलागी

विराटनगरको सात घुम्तीनजिक भीषण आगलागी

विराटनगर । विराटनगर महानगरपालिका-७ सात घुम्तीनजिक एउटा प्लास्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ । केहीबेर अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि विभिन्न ठाउँबाट दमकल झिकाइएको छ । आगलागी भएको स्थान वरपर रहेका घरहरू जोखिममा परेका छन् । आगलागीको कारण खुल्न बाँकी छ ।
एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन

एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आज साँझ ५ बजेसम्मका लागि तोकिएको दावी विरोधको समयमा कुनै उजुरी प्राप्त नभएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । अब, निर्वाचन कार्यतालिका अनुसार १० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरि...
धनकुटामा मतदाता नामावलीका लागि तीन हजार बढीले दिए निवेदन

धनकुटामा मतदाता नामावलीका लागि तीन हजार बढीले दिए निवेदन

धनकुटा । धनकुटामा तीन हजार बढीले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन हजार दुई सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये एक हजार ९ सय ८६ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका  निर्वाचन कार्यालय धनकुटाका निमित्त निर्वाचन अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । अहिले अनलाइनबाट भर्नेहरूको रुजु गर्ने काम धमाधम भइरहेको कार्यालय...
विराटनगर किङ्सको लगातार तेस्रो जित

विराटनगर किङ्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेसँगै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।  जितका लागि १ सय ३६ रनको लक्ष्य पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । पहिलो सिजन प्लेअफबाट बाहिर रहेको विराटनगरले दोस्रो सिजन...
कोशीमा एक लाख ५७ हजारको दिए मतदाता नामावलीका लागि निवेदन

कोशीमा एक लाख ५७ हजारको दिए मतदाता नामावलीका लागि निवेदन

विराटनगर ।  कोशी प्रदेशमा एक लाख ५७ हजार ६ सय १३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९ सय २५ तथा अनलाइनमार्फत ९८ हजार ६ सय ८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका हुन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३ सय ८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८ सय ८ र तेह्रथु...
एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको छ । कुनै ब्याटर पनि अर्धशतक प्रहार गर्न नसकेको विराटनगरका लागि शुभन रन्जनेले सबैभन्दा बढी ३७ रन बनाए । यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर काठमान्डु ...
सिराहाबाट एक हजार किलो गाँजासहित संखुवासभा र धनकुटाका दुई युवा पक्राउ

सिराहाबाट एक हजार किलो गाँजासहित संखुवासभा र धनकुटाका दुई युवा पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ का २२ वर्षीय खेम राना मगर छन् । प्रहरीका अनुसार विश्वकर्मा ट्रक चालक हुन भने मगर सह-चालक हुन् । विशेष सूचनाका आधारमा ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकलाई चे...
सभामुख घिमिरे कोशी प्रदेशसभा भवन निरीक्षणका लागि विराटनगर आउँदै

सभामुख घिमिरे कोशी प्रदेशसभा भवन निरीक्षणका लागि विराटनगर आउँदै

विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षण तथा प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न विराटनगर आउने भएका छन् । जेनजी आन्दोलनका कारण पूर्णरूपमा ध्वस्त प्रदेश सभा कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्रमा सारिएको छ । संघीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनामा सभामुख घिमिरे सोमबार दिउँसो साढे ३ बजे विराटनगर आइपुग्नेछन् । सभ...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन ...
जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा छन् । सुब्बा सालकको आखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको हो । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय ...
नेता ढकाल र बस्नेतमाथि दुर्व्यवहार प्रयास भएको भन्दै एमाले कोशीको आपत्ति 

नेता ढकाल र बस्नेतमाथि दुर्व्यवहार प्रयास भएको भन्दै एमाले कोशीको आपत्ति 

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि दुर्व्यवहार तथा आक्रमणको प्रयास भएको भन्दै एमाले कोशी प्रदेश कमिटीले घोर भर्त्सना गरेको छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा दुर्व्यवहार र आक्रमणको प्रयास निन्दनीय भएको उल्लेख गरिएको छ । एमाले नेता ढकाल र बस्नेत काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै आज बिहान इटहरीमा हुने य...
error: Content is protected !!