प्रदेश १ मा थपिए १ सय ५५ कोरोना संक्रमित, ५२ जना डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा एकैदिन थपिएका मध्ये यो हालसम्मकै ठूलो संख्या हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५...



























