संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

बिराटनगर । मोरङमा रुखको हाँगाले लागेर आज एक बालकको मृत्यु भएको छ । धनपालथान–३ चेकाटोलका बिजय ऋषिदेबका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हाँगाले लागेर मृत्यु भएको ह ।

मध्यान्न १२ बजे बसिकरणका काका सुनिलले जंगलबाट रूखको हाँगा ल्याई घरमा राख्ने क्रममा आँगनमा खेलिरहेका उनलार्ई हाँगाले लागेको थियो । रुखको हाँगाले लागेर घाईते भएका उनको कर्सिया अस्पतालमा उपचारका क्रममा दिउँसो करिव पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

मृतकका काका सुनिल फरार रहेकोले उनको खोजी भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!