संगालोखबर सम्बाददाता

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर महानगरपालिका–११ की ४३ बर्षीया महिला छन् ।

Advertisement

बिराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा गत बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वासप्रश्वासमा समस्या हुँनुका साथै, तीन दिनदेखि पेट र छाती दुख्ने समस्या सुरु भएको थियो ।

चार बर्ष अघिदेखि उच्च रक्तचापको समस्यासमेत रहेकी संक्रमित ती महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जनकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुँने कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!