
झापा । झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । कमल गाँउपालिका–७ का ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
गएराती केर्खा चौकमा मे.१ ह. ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाएर राखेको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन बरामद गरिएको हो ।















