काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले सुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
नेकपाले बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुपरेको हो । उनको राष्ट्रिय सभाको पदावधि शनिबार सकिँदैछ ।
खतिवडा २०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । उनको राष्ट्रिय सभा सदस्य पद गत फागुनमा सकिएको थियो । राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधान भएकाले उनले फागुनमा दोस्रो पटक सपथ लिएका थिए ।