मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग
विराटनगर । घरजग्गा कारोवार व्यवसायीहरुले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । सरकारले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले मालपोत कार्यालयमा धर्ना दिएर कार्यालयको काम बन्द गराएका हुन् ।
घरजग्गा कारोवार व्यवसायी संघ मोरङको अगुवाईमा मालपोत कार्यालय गएर बिहान ११ देखि १२ बजेसम्म कार्यालयमा धर्ना दिईएको संघका अध्यक्ष घनश्याम प...




























