संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज-२ का ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङ लागेर मृत्यु भएको हो ।

Advertisement

शनिबार साँझ घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मेहेतालाई उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!