संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन थपिएका मध्ये यो अहिले सम्मकै ठूलो संख्या हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका ६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामा २५ महिला र ३५ पुरुष छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको छ । त्यस्तैगरी झापाका ३ महिला ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३/३ र कचनकवल र गौरीगञ्जमा १/१ पुरुष संक्रमित भएका छन् ।

यता, ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष तथा सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ । जसमध्ये १ हजार ८ सय १९ जना निको भएका छन् ।

यसैबीच प्रदेश १ मा आज ७२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन केन्द्र गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!