संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ मा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे छन् ।

गएराती परेको अविरल वर्षाका कारण आएको पहिरोले निर्माणाधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन बगाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए ।

Advertisement

पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस नै बगाउदा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । प्रहरीले मृतकको शव फेला पारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!