संगालोखबर सम्बाददाता


विराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटामा २ र तेह्रथुममा २ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरका ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । मोरङको सुन्दरहरैंचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १÷१ पुरुष र बुढीगंगामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंहमा एक÷एक पुरुष र देवानगञ्जमा १ महिला संक्रमित थपिएका छन् । सुनसरीका एक जना संक्रमितको स्थानीय तह खुलेको छैन ।

Advertisement

झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष र अर्जुनधारामा १ पुरुषमा संक्रमण देखिएको छ । यता, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी, धनकुटाको शहिदभूमीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यता, धनकुटा नगरपालिका ठेगाना उल्लेख गरेर बिराटनगरमा स्वाब दिएकी १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनी अहिले बिराटनगरमै छन् । यता, तेह्रथुमको म्याङलुङका १ महिला र १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको छ । जसमध्ये १ हजार ७ सय ४७ जना निको भएका छन् ।

आज पनि प्रदेश १ बाट ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३, कालि सदन आईसोेलेसन विराटनगरबाट ७, विराट मेडिकल आईसोलेसन केन्द्र बुढीगंगाबाट ६, रुम्जाटार आईसोलेसन केन्द्र ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका हुन् । होम आईसोलेसनमा रहेका ११ जना पनि कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!