संगालोखबर सम्बाददाता


धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटाले आज जिल्ला कारागार धनकुटालाई पानी टंकीसहित करिब ३५ हजार मुल्य बराबरको सामाग्री प्रदान गरेको छ । कैदीबन्दीहरुलाई स्वच्छ पानी उपलब्ध गराउँने उद्धेश्यले ५८ औं रेडक्रस दिवसको अवसर पारेर सामाग्री सहयोग गरिएको हो ।

रेडक्रसले एक हजार लिटरको एउटा पानी टंकी कारागारलाई प्रदान गरेको छ । बायो फिल्टर, धारासहितको प्लाष्टिक बाल्टिन, बाल्टिन स्टाण्ड, प्लाष्टिक त्रिपाल, विर्कोसहितको २० लिटरको प्लाष्टिक बाल्टिन र प्लाष्टिक जग दुई/दुई थान प्रदान गरिएको छ । त्यस्तै रेडक्रसले कैदीबन्दीका लागि ४२ थान हात धुने साबुन पनि उपलब्ध गराएको छ ।

Advertisement

कारागार परिसरमा कार्यक्रम आयोजना गरी रेडक्रसका जिल्ला उपसभापति खगेन्द्र अधिकारीसहितका प्रतिनिधिले निमित्त जेलर हेमराज भण्डारीलाई सामाग्री हस्तान्तरण गरेको रेडक्रसका जिल्ला सभापति हरी राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!