संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले असहाय, एकल, दलित तथा पिछडावर्गका लागि १ सय १ वटा घर बनाइदिएको छ । कमजोर आर्थिक अवस्थाका नगरबासीका लागि नगरपालिकाले निःशुल्क घर निर्माण गरिदिएको हो । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा घर निर्माण गरिएको हो ।

Advertisement

बेलबारी नगरपालिका वडा नं. ३, ४, १० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ घर निर्माण गरिएको छ । हरेक घर निर्माणमा नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि २ लाख ५० हजार खर्च गरेको नगर प्रमुख सुवेदीले बताए । प्रत्येक घरमा बरण्डा, तीन कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ ।

नगरपालिकाले चिटिक्क परेका घरहरु निःशुल्क निर्माण गरिदिएपछि उनीहरु हर्षित भएका छन् । ‘पहिले बासको भटाको टाटी लगाएको घरमा बस्थे ।’ बेलबारी–४ कि सीता राइले भनिन्–‘अहिले चिटिक्क परेको घरमा बस्न पाएको छु ।’ उनि १५ दिनदेखि नयाँ घरमा सरेकी हुन् ।

यता, बेलबारी–४ की असिता राईले पनि नगरपालिकाले ठूलो सहयोग गरेको भन्दै खुशी व्यक्त गरिन् । ‘यति राम्रो घरमा बस्न पाउछौ जस्तो लागेको थिएन, नगरपालिकाले नसोचेको सहयोग गर्यो ।’ उनले भनिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!