- संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ । सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो ।

Advertisement

सरकारले अहिले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो । यो शुल्क सोमबारबाट लागु हुँने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ । सरकारले पनि माग बमोजिम परीक्षणको दायरा बढाउँन सकिरहेको छैन ।’ डा.शर्माले भने–‘कोरोनाको महामारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा पीसीआर परीक्षण गरेर सहयोग पुर्याउँन खोजेका हौं ।’

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । त्यसयता एक साता नबित्दै डा.शर्माले तीन वटा महत्वपूर्ण निर्णय लिएका छन् । अध्यक्षको कार्यभार सम्हालेको दुई दिन भित्रै ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितको उपचार हुने वातावरण पनि मिलाएका छन् ।

डा.शर्माले अहिले पुनः अर्को महत्वपूर्ण निर्णय लिदै केएमसीमा मूलूककै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने वातावरण मिलाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!