यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

यी हुन् दर्ता नभएसम्म बन्द हुने सामाजिक सञ्जाल, कुन-कुन चल्छन् ?

विराटनगर । सरकारले दर्ता प्रक्रियामा नआएका भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै दर्ता प्रकृयामा नआएका सामाजिक सञ्जाल बन्द गर्न लागिएको हो । नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत भइसकेका मन्त्रालयले जनाएको छ । यी पाँचवटा प्लेटमर्फ भने सञ्चालन हुनेछन् । मन्त्रा...
फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

विराटनगर । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय...
विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगरमा एक सातादेखि ‘एक चिहान’ नाटक निरन्तर मञ्चन

विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘एक चिहान’ नामक नाटकको मञ्चन भइरहेको छ । हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित ‘एक चिहान’ नाटक एक सातादेखि निरन्तर मञ्चन भइरहेको छ । माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने उद्देश्यसहित तयारी गरिएको जनाइएको छ । सोही कुरालाई मध्यनजर गर्दै भदौ ११ गतेबाट नियमित नाटक मञ्चन भइरहेको कार्यक्रम...
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी प्रदान गरेका हुन् । भदौ १३ को मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई आजबाट लागुहुनेगरि प्रहरी प्रमुखमा नियुक्त ...
खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

विराटनगर । खोटाङमा भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका काँग्रेस खोटाङका जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईविरुद्ध उजुरी परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रहरीका अनुसार भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल जाँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध ...
अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो । सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य ...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

मोरङको रतुवामाईबाट ब्राउन सुगरसहित सशस्त्रका हवल्दार पक्राउ

विराटनगर । मोरङबाट लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीका हबल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय मनिष गिरी छन् । प्रहरीका अनुसार रतुवामाई नगरपालिका-१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत उनलाई सशस्त्रले नै पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गएराति नियन्त्रणमा लिएर अनुसन्धानका लागि न...
भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा

भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बो...
सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला दुई हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८५ र...
ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

विराटनगर । ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय घरपरिवार विद्युतविहीन भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा सोमबार राति आएको बाढीले ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनः निर्माण गरी सञ्चालनमा आएको दुई सातामै बाढीले क्षति पुर्याएको वडा नम...
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । तोलामा ६ सय रुपैयाँ वृद्धि भएको सुनले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज तोलामा १५ रुपैयाँ बढेर चाँदी दुई हजार चार ...
आज यी नदीमा छ बाढीको जोखिम

आज यी नदीमा छ बाढीको जोखिम

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली भइरहेको छ ।  कोशी, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, ...
धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो । सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै ...
सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सागर राई छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुम्का बजारस्थित दिदीको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट एक सय पाँच ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएक...
ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङ । ताप्लेजुङको काबेली नदीले एक्साभेटर र टिपर बगाएको छ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि सिनाम पावर हाउसमा रहेका दुई वटा एक्साभेटर र दुई वटा टिपर बगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार काबेली नदीले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको छ । सिरिजङ्गा गाउँपालिका-१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एक्साभेटर भने करिब २० मिटर तल डुबेको अवस्था...
काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

विराटनगर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट एक महिनामा एक अर्ब २३ करोड बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्रिसोलगायत छन् । एक महिनाको अवधिम...
उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरमा एक १४ वर्षीया छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यपक पक्राउ परेका छन् । बेलका नगरपालिका-२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले भदौ १४ गते बिहान करिब १०ः४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितका आफन्तबाट उजुरी परेको प्रहरीले जनाएको छ । ‘आफन्तबाट हिजो ...
पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

धनकुटा । समय यस्तो पनि थियो, पुस्तक तथा पत्रपत्रिका पढ्न पुस्तकालयमा मानिसहरूको घुँइचो नै लाग्थ्यो । युवा देखि वृद्धवृद्धाहरू साँझ बिहान पुस्तकालयमा भेटिन्थे । तर प्रविधिको पँहुच र सामाजिक सञ्जालका कारण आजभोलि पठन संस्कृति लोप हुन थालेसँगै पुस्तकालयहरू पनि सुनसान हुन थालेका छन् । वि.स. २०६८ सालमा धनकुटाको देवानटारमा स्थापना गरिएको गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय पछिल्लो समय पाठकविहीन ब...
अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी अध्यक्षमा टंकी गुरुङ चयन भएकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष कुसुम श्रेष्ठ, अनेम संघ (क्रान्तिकारी) धनकुटा अध्यक्ष गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेत...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला तीन हजार रुपैयाँ बढेको सुन दुई लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । तोल...
ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो । तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र तापेथोक लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो स्थानमा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणको जिम...
सात दिनभित्र फाइल किनारा लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सात दिनभित्र फाइल किनारा लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिएका छन् । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्कीले सात दिनभित्र फाइल क...
डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

डा. गोविन्द केसीले सुरु गरे २३ औं सत्याग्रह

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । केसीले आजबाट कैलाली गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह सुरु गरेका हुन् । यो उनको २३ औं सत्याग्रह हो । यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने...
शिक्षा विकास तथा समन्वय इकाई अगाडि शिक्षकहरूको धर्ना

शिक्षा विकास तथा समन्वय इकाई अगाडि शिक्षकहरूको धर्ना

विराटनगर । देशभरीका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शिक्षकहरूले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका हुन् । नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाई मोरङमा पनि शिक्षकहरूले धर्ना दिएका छन् । कार्यक्रममा मोरङका १७ वटै पालिकाबाट शिक्षक नेतृत्व तथा शिक...
मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजार पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । समुन्दी सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यस स्थानबाट विभिन्न हिमालहरूको अवलोकन समेत गर्न सकिन्छ । सिधुवा बजारदेखि माथि रहेको पटेक डाँडालाई प्रवर्द्धन गर्नका लागि विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । सिधुवा बजार पदमार...
सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट १६ ग्राम तीन सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा ४६ प ८४०२ नम्बरको ...
भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । धनकुटाका सात वटै पालिका कमिटी अध्यक्षलाई पत्र पठाउँदै जिल्ला कमिटीले यस्तो निर्देशन दिएको हो । जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले जारी गरेको पत्रमा पालिका कमिटी, निर्वाचित जनप्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकलाई भूमि समस...
भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट सट्न पाइने

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट सट्न पाइने

विराटनगर । दशैंलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सर्वसाधारणले सुकिला नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने जनाएको हो । काठमाडौं उपत्यकामा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशमा प्रदेशस्तरीय कार्यालय विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धन...
एकैदिन सुनको मूल्य ३ हजार बढ्यो, सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड

एकैदिन सुनको मूल्य ३ हजार बढ्यो, सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको छ । आज प्रतितोला तीन हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ ...
धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ का ४२ वर्षीय रामबहादुर भुजेलको शव फेला परेको हो । धनकुटा प्रहरीका अनुसार क्याम्पसको शिक्षक आवास नजिकै रहेको भोगटेको बोटमा झुण्डिएको अवस्थामा भुजेलको शव फेला परेको छ । क्याम्पसका शिक्षकले भुजेल झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिँड...
error: Content is protected !!