संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा जाने ५७ जनाको नाम टुङ्गो टुंगो लगाएको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम टुङ्गो लगाएको छ ।

खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारूबाट ४ र मुस्लिम समुदायबाट ३ जना चयन गरिएको छ । आयोगले सूची रुजु र प्रमाणित गरेपछि मात्रै उम्मेदवारहरूको नाम सार्वजनिक गरिने पार्टीले जनाएको छ ।

संसदको सूची तय गर्न बसेको बैठकमा बिरामी रहेका पार्टी सभापति रवि लामिछाने भर्चुअल जोडिएका थिए भने बालेन पक्षको सहभागिता थिएन । सरकार गठनको प्रक्रियामा अझै करिब १० दिनजति लाग्न सक्ने पार्टीका प्रवक्ता मनिष झाले बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!