संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्जिविसन’ गर्ने भएको छ । विराटनगरको जैन भवनमा चैत १२ देखि १६ गतेसम्म ‘होम बिल्ड एक्जिविसन’ गर्ने भएको हो ।

संघका अनुसार यसबाट नेपाली निर्माण सामग्री र सेवाहरूको प्रवर्द्धनसँगै नवप्रवर्तन र आधुनिक निर्माण अभ्यासमा जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।

७५ भन्दा बढी स्टलहरू रहने एक्जिविसनमा आवास र भवन, प्रमुख निर्माण सामग्री, धारा-बाथरुम सामग्री, विद्युतीय सामग्री, फर्निचर, इन्टेरियर डिजाइन लगायतका नमूना राखिने जनाइएको छ ।

यसले व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष संवादलाई सशक्त बनाउने आशा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!