संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर पाँच हजार चार सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार पाँच सय १५ रुपैयाँ कायम भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!