संगालोखबर

विराटनगर । विराटनगर-३ बाट गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरूलाई आज दिउँसो १ बजे पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले जानकारी दिए । उनीहरूका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!