संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सरकारी कार्यालय र कार्यालयमा सञ्चालित चमेनागृहमा मद्यपान तथा धूम्रपान पूर्ण रोक लगाएको छ ।

नगर कार्यपालिकाको २०८२ फागुन ११ गतेको निर्णयअनुसार कार्यान्वयनका लागि नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईद्वारा जारी सूचना अनुसार नगरपालिकाको मुख्य कार्यालय, कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, मातहतका स्वास्थ्य संस्थाहरू र त्यहाँ सञ्चालित चमेनागृहमा धूम्रपान र मद्यपान गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

यो निर्णयको पूर्ण कार्यान्वयनका लागि सबै विषयगत शाखा, उपशाखा र वडा कार्यालयहरूलाई नगरपालिकाले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!