संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

पार्टीको निर्णयले कोशी प्रदेशको भौगोलिक विशिष्‍टता र जातीय क्लस्टरलाई न्याय गर्न नसकेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष तामाङले विशेषगरी पहाडी भूगोलको प्रतिनिधित्वलाई उपेक्षा गरिएकोमा आपत्ति जनाएकी छन् ।

कोशीको सन्दर्भमा पहाडी क्षेत्रका योग्य उम्मेदवारलाई छुटाउन नहुने सुझाव आफूले यसअघि नै नेतृत्वलाई दिएको स्मरण गराउँदै उनले अहिलेको सूची असन्तुलित रहेको टिप्पणी गरेकी छन् ।

तामाङले पार्टी संगठनमा अहोरात्र खटिएका, जान्ने र ठूलो योगदान पुर्‍याएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्नेमा त्यसो नभएको धारणा राखेकी छन् । उनले ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङजस्ता स्थापित र सक्रिय व्यक्तित्वहरू सूचीमा नसमेटिएको प्रति गम्भीर प्रश्न उठाएकी हुन् ।

केन्द्रीय नेतृत्वको पहुँचमा रहेका व्यक्तिहरूको वरिपरि मात्र निर्णय सीमित हुँदा वास्तविक कार्यकर्ता मारमा परेको तामाङको भनाइ छ ।

पार्टीका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनामाथि कारबाही भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी तामाङले सम्हालिरहेकी छन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!