संगालोखबर


विराटनगर । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको न्यायका लागि विराटनगरमा प्रदर्शन गरिएको छ । उनको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल का विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।

इनिशालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कलेज परिसरबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!