संगालोखबर


विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँ बढेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाइएको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो बर्ग छुट्याएर मूल्य निर्धारण गरेको छ । जसअनुसार पहिलो बर्ग अन्तरगत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा कायम गरेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ निर्धारण गरिएको छ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ कायम गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!