संगालोखबर

सुनसरी । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । आज धरानमा बसेको बैठकले नाम तय गरेर निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।

पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको छ ।

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले जनाएको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जितेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!