
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला दुई सय २५ रुपैयाँ घटेर पाँच हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार चार सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













