ओली र लेखक रिहा

ओली र लेखक रिहा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा छुटेका छन् । प्रहरीले ओलीलाई अस्पतालबाटै परिवारको जिम्मा लगाइएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । यस्तै पूर्वगृहमन्त्री लेखक नेपाल प्रहरीको नम्बर-...
विराटनगरको आर्या न्युरोमा उपचारपछि धनकुटाका गंगाशेरले पाए नयाँ जीवन

विराटनगरको आर्या न्युरोमा उपचारपछि धनकुटाका गंगाशेरले पाए नयाँ जीवन

विराटनगर । विराटनगरको आर्या न्युरो हस्पिटलमा जटिल ब्रेन ट्युमरको सफल उपचार भएको छ । सफल उपचारपछि धनकुटाका ४८ वर्षीय गंगाशेर राईले नयाँ जीवन पाएका छन् । राईका लागि विगत केही महिना निकै कष्टकर रह्यो । टाउको दुख्ने समस्याले सताउनु त छँदै थियो, विस्तारै उनको एउटा आँखामा पनि समस्या हुँदै गयो । रोगको पहिचान र उपचारको खोजीमा भौँतारिएका राई विराटनगरको कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल आएर स्वास्थ्य प...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा  एक सय ५० रुपैयाँ घटेर चार हजार आठ ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रति...
धनकुटाका सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

धनकुटाका सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

धनकुटा । डिभिजन वन कार्यालय धनकुटाले जिल्लाका तीनवटै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ । कोशी प्रदेश वन निर्देशनालयको सहयोगमा वन डढेलो व्यवस्थापन कार्यक्रम अन्तर्गत नेपाली सेनाको भीमदल गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मलाई सामग्री उपलब्ध गराइएको हो । डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालका अनुसार आगो नियन्त्रणका लागि प्रयोग हुने फायर...
पर्यटकीय क्षेत्रको पहिचान र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री पराजुली

पर्यटकीय क्षेत्रको पहिचान र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको थप पहिचान गरी आवश्यक पूर्वाधार विकासका कामलाई तीव्रता दिने बताएका छन् । धनकुटाको भेडेटारस्थित नाम्जेमा बुधबारदेखि सुरु भएको पाँच दिने ‘पर्यटन पत्रकारिता तालिम’ को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय ...
विराट गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम सहभागि हुँदैछन् ?

विराट गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम सहभागि हुँदैछन् ?

विराटनगर । आगामी चैत २८ गतेदेखि हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो । विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको छ । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ हुन लागेको प्रतियोगितामा ...
ललितपुरमा छुरा प्रहारबाट घाइते भएका झापाका दाजुभाइको मृत्यु

ललितपुरमा छुरा प्रहारबाट घाइते भएका झापाका दाजुभाइको मृत्यु

काठमाडौं । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको मृत्यु भएको हो । बुधबार साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुईपक्षबीच ...
सरकारले बिमाको भुक्तानी नगर्दा निजी अस्पताल दबाबमा छन् : सोईना शर्मा

सरकारले बिमाको भुक्तानी नगर्दा निजी अस्पताल दबाबमा छन् : सोईना शर्मा

विराटनगर । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै करिब सय करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन् । उनका अनुसार बीमा कार्यक्रमअन्त...
धनकुटामा राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र

धनकुटामा राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र

धनकुटा । आगामी वैशाख २ गतेदेखि सञ्चालन हुन लागेको ‘राष्ट्रिय आर्थिक गणना २०८२’ का लागि धनकुटामा तयारी तीव्र पारिएको छ । आर्थिक गणना कार्यालय, धनकुटाले जिल्लाका विभिन्न सरोकारवालाहरूसँग सचेतना गोष्ठी आयोजना गरी गणनाको विधि र प्रक्रियाबारे जानकारी गराएको हो । जिल्ला आर्थिक गणना अधिकारी खगेन्द्र पौडेलका अनुसार यो गणना वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय अभियानका रूपमा ...
एसईईमा भाउजूको परीक्षा दिइरहेको अवस्थामा नन्द पक्राउ

एसईईमा भाउजूको परीक्षा दिइरहेको अवस्थामा नन्द पक्राउ

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ चिरौलीस्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । हरिनगर गाउँपालिका-६ की २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको सुनसरीका  प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।...
कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको हो । विधेयकको संशोधन प्रस्तावमाथि छलफल भई तयार भएको प्रतिवेदन न्याय प्रशासन तथा विधायन समितिका तर्फबाट सभापति कमला द...
घरको घेराभित्र मात्रै सीमित नहुन धनकुटाका दलित महिलालाई अगुवाहरूको आग्रह

घरको घेराभित्र मात्रै सीमित नहुन धनकुटाका दलित महिलालाई अगुवाहरूको आग्रह

धनकुटा । धनकुटाका दलित महिला अगुवाहरूले दलित महिलाहरू अब घरको चौघेराभित्र मात्र सीमित नभई समाज र उद्यमशीलतामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । धनकुटा नगरपालिकाको सहयोग तथा दलित महिला संघ (फेडो) धनकुटाको आयोजनामा आयोजित चार दिने ‘दलित महिला सशक्तीकरण कार्यक्रम’ मा सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा दलित महिलाहरू घरबाहिर ननिस्किएकै कारण पछि परेकाले अब उनीहरूलाई सीप र क्षमताका आध...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर प्रतितोला चार हजार आठ २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्र...
धनकुटाका तीन कर्मचारी घुससहित पक्राउ

धनकुटाका तीन कर्मचारी घुससहित पक्राउ

धनकुटा । धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियरसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिएको ८५ हजार नगदसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । यसैगरी, लेखा अधिकृत कार्कीलाई धनकु...
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न आठौँ प्रदेश सभा तथा निर्वाचनमार्फत राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । राउतले कुल मतको ६९ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेका छन् । जिल्ला नगर संघतर्फको ३८ मध्ये २४, एसोसिएटतर्फ १४७ मध्ये १०७ र वस्तुगततर्फको १९ मध्ये राउतले ११ मत प्राप्त गरेका छन...
उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सभा : निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति चिन्ता 

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सभा : निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति चिन्ता 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा सुरु भएको छ । विराटनगरमा सुरु भएको प्रदेश सभाको महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्‌घाटन गरेको छन् । उद्‌घाटन सत्रमा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नुपरेका चुनौती र आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । राउतले नेपाली अर्थतन्त्रको वर्तमा...
धनकुटामा नयाँ पहिचान बनाउँदै आठपहरिया समुदायको होमस्टे

धनकुटामा नयाँ पहिचान बनाउँदै आठपहरिया समुदायको होमस्टे

धनकुटा । धनकुटामा बसोबास गर्ने सीमान्तकृत आठपहरिया समुदायले सञ्चालन गरेको स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नयाँ पहिचान बनाउन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि बसोबासको स्थान मात्र नभई समुदायको आत्मगौरव, अतिथि सत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त प्रदर्शनीसँगै होमस्टेले नयाँ पहिचान बनाउँदै गएको हो । धनकुटा नगरपालिका-३ स्थित स्याउलेमा सञ्चालित होमस्टेले लोपोन्मुख आठपहरिया आदिवासी समु...
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने

काठमाडौं । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको बताए । यस्तै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।
सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

विराटनगर । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदासँगै कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको लागि यो समय निर्धारण गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा ला...
बन्द भए सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट

बन्द भए सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट

काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजार बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द गरिएको छ । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई...
‘चिहान डाँडा’ बन्यो ‘ध्वजे डाँडा’, बनाइयो छथर ग्रेटवाल (फोटो फिचर)

‘चिहान डाँडा’ बन्यो ‘ध्वजे डाँडा’, बनाइयो छथर ग्रेटवाल (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ मा अवस्थित ध्वजे डाँडा पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । सांस्कृतिक तथा पर्यटकीय स्थलको विकाससँगै ध्वजे डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको यस स्थानमा भइरहने मौसम परिवर्तनले पर्यटकलाई थप आकर्षित गरेको छ । गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै विभिन्न संरचना निर्माण गरेको...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
उद्योग वाणिज्य महासंघ कोशीको ८ औं प्रदेशसभा आज, अध्यक्षमा राउत र रिजालको दाबी

उद्योग वाणिज्य महासंघ कोशीको ८ औं प्रदेशसभा आज, अध्यक्षमा राउत र रिजालको दाबी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको ८ औं प्रदेशसभाले आगामी कार्यकालका लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पदका लागि विराटनगरका दुई स्थापित उद्योगी राजेन्द्र राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवारले करिब एक महिनादेखि प्रदेशव्यापी चुनावी अभियान चलाउँदै आएका छन् । हालका अध्यक्ष राउत मह...
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा कानेपोखरी-५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको हो । रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई शनिबार दिउँसो ४ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थिय...
मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् । इन्सेक र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा आज आयोजित `दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका´ विषयक कार्यक्रममा पोखरेलले समाजमा विभेदका घटनाहररू रहेसम्म मानवअधिकार हननका घटना ह...
इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ होम्सस्थित कोशी लोकमार्गमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा प्र १-०२-०४९ प ६३४० नम्बरको मोटरसाइकल चालक ५२ वर्षीय अमर भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगर । दुर्घटना न्यूनिकरणका लागि विराटनगरमा सञ्चालित सिटी सफारीलाई थप व्यवस्थित गरिने भएको छ । सफारी चलाउन अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको ‘नागरिक सुनुवाइ’ कार्यक्रममा यस्तो निर्णय गरिएको हो । बिना लाइसेन्स जथाभावी सफारी चलाउँदा सडक सुरक्षामा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवा...
विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगर । विराटनगरस्थित यातायात कार्यालयको सरकारी छाप र अधिकृतको दस्तखत किर्ने गरेर सेवाग्राहीहरूलाई ठग्ने काम भएको खुलेको छ । किर्ते काममा संलग्न विराटनगर ६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो । लेखापढी काम गर्दै आएका स्वर्णकारले को ३९ प ९५७९ नं. को मोटरसाइकलको ब्लुबुक नवीकरण गरेको भनी यातायात कार्यालयको नक्कली छाप र छैटौँ अधिकृतको छाप दस्तखत...
सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल

सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध भएका छन् । तोकिएको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको थियो । त्यो समयमा अन्य दलबाट उम्मेदवारी परेन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्...
कलाकार सागर लम्सालले बलात्कार गरेको आरोप

कलाकार सागर लम्सालले बलात्कार गरेको आरोप

विराटनगर । हास्य टेलिसिरियलबाट चर्चामा आएका कलाकार सागर लम्साल ‘बले’ ले बलात्कार गरेको गम्भीर आरोप लागेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै एक युवतीले करिब एक वर्षअघि अमेरिकामा आफू बलात्कृत भएको दाबी गरेकी हुन् । पीडितका अनुसार घटना भएको समयमा उनी डिप्रेसन र एन्जाइटीका कारण मानसिक रूपमा कमजोर अवस्थामा थिइन् । अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकै बेला ने...
एमालेले कसलाई बनाउँदैछ सभामुखको उम्मेदवार ?

एमालेले कसलाई बनाउँदैछ सभामुखको उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एमालेले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने जनाएको छ । विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने तयारी थालेको छ । एमालेले समानुपातिकबाट सांसद निर्वाचित भएका गुरु बराललाई सभामुखको...
error: Content is protected !!