
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध भएका छन् । तोकिएको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको थियो । त्यो समयमा अन्य दलबाट उम्मेदवारी परेन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका थिए ।
उनलाई आइतबार बस्ने प्रतिनिधि सभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

संगालोखबर 



















