
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय ५० रुपैयाँ घटेर चार हजार आठ ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 























