संगालोखबर


काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

एमालेले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने जनाएको छ । विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने तयारी थालेको छ ।

Advertisement

एमालेले समानुपातिकबाट सांसद निर्वाचित भएका गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ । सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!