झापाका १३ वटा सहकारीमा चोरी गर्ने ६ युवा इटहरीबाट पक्राउ
विराटनगर । झापाका सहकारीहरूमा चोरी गर्ने छ जना युवा इटहरीबाट पक्राउ परेका छन् । झापाका बिभिन्न स्थानमा रहेका सहकारीमा योजनावद्ध रुपमा चोरी गर्दै आएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सुनिल भनिने २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवा...





























