मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् । खेलाडीलाई बिदाइ गर्दै कार्कीले विजेता बनेको खण्डमा कोशी सरकारले ३० लाख दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । उनले   क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय ...
मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

धनकुटा । मोटरसाइकल दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–३ का रिजन कटुवालको मृत्यु भएको छ । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा १८ वर्षीय कटुवालको आज मृत्यु भएको हो । मंसिर १० गते पाख्रीबास नगरपालिका–९ उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डमा को ३० प ८८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटुवाल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर पुर्याइएको थियो । उपचा...
किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो । हाल महालक्ष्मी-२ का करिब ५० घरपरिवारले व्यवसायिक किवी खेती गर्दै आएका छन् । तर उत्पादन अनुसार बजार भाउ नपाउँदा कृषक निराश भएका छन् । दोलखा र इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका कृषकले सुरुवाती चरणमा प्रति...
पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ । क...
झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान शिवसताक्षी नगरपालिका-१ स्थित कमल पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी-८ का ३५ वर्षीय ललितबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ ज...
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा नौ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा दुई हजार छ सय रुपैयाँ घटेर सुन एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो । अस्ति एकै दिन १५ हजार नौ सय रुपैयाँ घटेको सुन तोलामा एक लाख ५१ हजार तीन सय रुपैयाँमा...
२०८१ मंसिर १२ गते बुधबार/आजको राशिफल

२०८१ मंसिर १२ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर १२ गते बुधबार ई.सं.२०२४ नोभेम्बर २७ नेपाल सम्बत ११४५ कछलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण द्वादशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, आयुष्मान योग, कौलभ करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३३ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुख...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ । काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसि...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ । ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिक...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय  सन्देश उराव पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ । १० मंसिरको राति आठ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनेका थिए । सो क्रममा उनीहरूले प...
इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

सुनसरी । इटहरी उपमहानगरपालिका-२० पानीपिया जङ्गल स्थित कोशी लोकमार्गबाट गाँजा बोकेको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति ७ बजेतिर विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन सय नौ किलो गाँजासहित स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ च ७६८९ नम्बरको स्कारपि...
काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

झापा । काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा आयात भन्दा निर्यात बढेको हो । उक्त अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको भने ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो, २० करोड ५५ लाखको अदुवा भा...
सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

विराटनगर । आज पनि सुनको मूल्यमा गिरावट भएको छ । आज सुनको मूल्य तोलामा दुई हजार छ सय रुपैयाँ घटेको छ । हिजो सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार आ...
रवि लामिछानेलाई आज काठमाडौं लगिने 

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं लगिने भएको छ । आज बिहान ८ः४० मा उनलाई बुद्ध एयरको जहाज मार्फत काठमाडौं लग्न लागिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको ...
२०८१ मंसिर ११ गते मंगलबार/आजको राशिफल

२०८१ मंसिर ११ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर ११ गते मंगलबार ई.सं.२०२४ नोभेम्बर २६ नेपाल सम्बत ११४५ कछलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण एकादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३३ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाक...
पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि...
धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीमा आज साँझ मोटरसाइकलले पैदलयात्री र कारलाई ठक्कर दिएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मोरङबाट धनकुटा आउदै गरेको प्रदेश नं १–०२–०५४ प.६८९७ नम्बरको मोटरसाइकलले साँझ करिब ५ बजे पैदलयात्री सहिदभूमि–१ का ४८ वर्षीय भक्तबहादुर राईलाई ठक्कर दिएको हो । ठक्करबाट राईको दुवै हात र खुट्टामा चोट लागेको छ । स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ । पैदलयात...
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो । जापान भ्रमण प्रकरणका कारण मन्त्री पदबाट राजिनामा दिएका अधिकारी पार्टीको जिम्बेवारीबाट पनि पदमुक्त भएका थिए । अन्य ११ जनाविरूद...
तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनारमा घोप्टो परिरहेको अवस्थामा मानिस फेला परेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली घटनास्थल गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि...
उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज  विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका ...
सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १५.८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकममा भने घटेको छ । आज तीन सय नौ वटा कम्पनीको एक करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । हिजो सात अर्ब ७२ करोडको सेयर कारोबार भएको थियो । आज उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल,...
विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो । रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै ह...
विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको घरमा कोठा भाडा लिएर विराटनगर-१५ का आनन्द कुमार साहले तस्करीको कपडा राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । कोठाम...
पाख्रीवासमा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो

पाख्रीवासमा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएको छ । विराटनगरबाट संखुवासभा जाँदै गरेको ना.४ ख.१५७८ नम्वरको ट्याङ्कर आज बिहान करिब ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । सडकको भित्तामा ट्याङ्कर पल्टिएकाले सडक अवरोध पनि नरहेको प्रहरीले जनाएको छ । ट्याङ्कर पल्टिँदा ठूलो मात्रामा पेट्रोल पोखिएको छ ।
विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगर । विराटनगरमा आज बिहानको राति कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पिपल चोकबाट कञ्चनबारीतर्फ गइरहेको प्रदेश ०१-०२९ च २२२१ नम्बरको कार आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक विराटनगर-६ का २६ वर्षीय रियाज आलम घाइते भएका छन् । उनको आँखा माथि चोट लागेको प्रहरीले जनाएको छ ।  यस्तै कारमा सवार सोही स्थानका २४ वर्षीय दिलछात आलम, २५ ...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरी । सुनसरीको रामधुनी-६ ढेडिगाउँमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्र १-०२-००३ ह १९ नम्बरको सिटी सफारी कच्ची सडकमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ५० वर्षीय विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानीय मेडिकलमा उपचार गरेर घर लगिएकोमा उनी एक्कासि बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराट टिचि...
धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । धनकुटा नगरपालिकाको आयोजना तथा विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा आज प्रभात फेरी निकालिएको छ । टुँडिखेलबाट सुरु भएको प्रभातफेरी तल्लो कोप्चे, बिहिबारे हटिया, माथिल्लो कोप्चे, भिमनारायण चोक...
सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

विराटनगर । सुनको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार तीन सय कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार  दर घटाएपछि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ । यस्तै...
error: Content is protected !!