संगालोखबर


पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ ।

Advertisement

कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशकुमार थापा र चर्चित प्रशिक्षक हरिश ओलीले प्रशिक्षण दिने युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले जानकारी दिए ।

सामुदायिक विद्यालयलाई गुणस्तरीय साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्तो किसिमको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक युवराज बाँस्कोटाले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसँगै समग्र सुधारका लागि सबैको भूमिका महत्वपूर्ण हुने पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।

शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति लगायतलाई एकै ठाउँमा राखेर कार्यक्रम गरिने उनले जानकारी दिए । पि.टि.सँगै सामुदायिक विद्यालयमा असल सिकाइमा आधारित अभ्यास गरिने उनको भनाइ छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!