संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

खेलाडीलाई बिदाइ गर्दै कार्कीले विजेता बनेको खण्डमा कोशी सरकारले ३० लाख दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।

Advertisement

उनले   क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे । उनले खेलकुद क्षेत्रमा प्रदेश सरकारले स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको एनपीएलको लागि कोशी प्रदेशबाट विराटनगर किङ्ग्सले सहभागिता जनाउँदै छ । एनपीएल मंसिर १५ गतेबाट सुरु हुँदैछ । उद्‌घाटन खेल विराटनगर किङ्ग्स र जनकपुर बोल्ड्सबीच हुने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!