विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं लगिने भएको छ । आज बिहान ८ः४० मा उनलाई बुद्ध एयरको जहाज मार्फत काठमाडौं लग्न लागिएको हो ।
उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।
काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई काठमाडौं लग्न लागिएको हो । उनी कात्तिक दुई गते काठमाडौंबाट पक्राउ परेका थिए ।
उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।