बाढीपहिरोले संखुवासभाको मकालु-२ का २४ परिवार विस्थापित
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका–२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार पहिरोको उच्च जोखिममा परेका २४ परिवार छिमेकी र आफन्तको घरमा बसिरहेका छन् । बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेक...





























