सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय सन्देश उराव पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ ।
१० मंसिरको राति आठ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनेका थिए । सो क्रममा उनीहरूले पसलमा एक हजारको नोट दिएका थिए । पसल सञ्चालकलाई नक्कली नोट भएको शङ्का गर्दै तत्काल प्रहरीलाई खबर गरेका थिए ।
इलाका कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले तत्कालै उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।