धनकुटा । मोटरसाइकल दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–३ का रिजन कटुवालको मृत्यु भएको छ । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा १८ वर्षीय कटुवालको आज मृत्यु भएको हो ।
मंसिर १० गते पाख्रीबास नगरपालिका–९ उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डमा को ३० प ८८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटुवाल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय समिर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।