विराटनगरमा राधाकृष्ण रथयात्राः सिसी क्यामराबाट निगरानी गरिने

विराटनगरमा राधाकृष्ण रथयात्राः सिसी क्यामराबाट निगरानी गरिने

विराटनगर । विराटनगरमा भोलि मङ्गलबार निकालिने राधाकृष्ण रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रामा हुन सक्ने आपराधिक गतिविधिको निगरानी गरिने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । रथयात्रामा...
ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

संखुवासभा । मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यस्थलमा ढुङ्गा खसेर एकजना मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारू काम गर्ने क्रममा हिजो साँझ माथिबाट झरेको ढुङ्गाले लागेर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

धनकुटा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको छ । विश्व हिन्दु परिषद् नेपाल र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति धनकुटाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । यसै अवसरमा भीमनारायण चोकबाट र्‍याली निकालिएको थियो । र्‍याली भीमसेनथान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास र हुलाक टोल हुँदै बजारका विभिन्न भाग परिक्रमा गरी जिरो प्वाइन्टमा रहेको राधाकृष्ण मन्दिरमा प...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बीले यो पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । आज विराटनगर लगायत देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आरा...
नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

विराटनगर ।  प्रहरीले काठमाडौँको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका युवक छन् । प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–५ घर भई काठमाडौँ–९ बस्ने ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम–३ घर भई काठमाडौँ–९ बस्ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भई काठमाडौँ–९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ छन् । उनीहरूल...
पाँचथरमा चट्याङ लागेर भाइको मृत्यु, दाजु घाइते

पाँचथरमा चट्याङ लागेर भाइको मृत्यु, दाजु घाइते

पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार अपरान्ह विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकको वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु...
२०८१ भदौ १० गते सोमबार/आजको राशिफल

२०८१ भदौ १० गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्ट २६ नेपाल सम्वत् ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण सप्तमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ०५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
तिजको अवसरमा भदौ १४ देखि विराटनगरमा ‘नारी उत्सव २०८१’

तिजको अवसरमा भदौ १४ देखि विराटनगरमा ‘नारी उत्सव २०८१’

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकासँग सहकार्यमा कार्यक्रम आयोजना गरिने भएको हो । उत्सवका अवसरमा महिलाद्वारा उत्पादित घरायसी वस्तु राखिने भएको छ । ती वस्तुको बजार प्रवर्द्धनमा सघाउने समितिले जनाएको छ । उत्सवमा स्थानीय औद्...
झापाका सन्तोष लोक्समले जिते ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ को उपाधि

झापाका सन्तोष लोक्समले जिते ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ को उपाधि

विराटनगर । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । काठमाडौँको होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जिते । विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् । यस्तै, योगेश श्रेष्ठ म...
भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुईजना खेलाडीको पेनाल्ट...
चोरिएका दुईवटा मोटरसाइकलसहित ६ जना पक्राउ

चोरिएका दुईवटा मोटरसाइकलसहित ६ जना पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय धरानले चोरीको दुईवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुरका २३ वर्षीय दिपककुमार यादव, राजबिराजका २० वर्षीय मो. सर्फराज इराकी, राजविराज–२ का २४ वर्षीय मो. रहमान छन् । यसैगरी, राजविराज नगरपालिका–२ का अरविन यादव, सिरहा जिल्ला घर भई हाल विराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह पनि पक्राउ परेका छन् । गत भदौ ३ गते धरान उपमहानग...
धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बालबालिका घाइते भएका छन् । संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ गइरहेको को १ ज २१३७ नम्बरको गाडी दिउ“सो साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था साम...
पाँचथरको फिदिममा करेन्ट लागेर बालकको मृत्यु

पाँचथरको फिदिममा करेन्ट लागेर बालकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नुवाकोट जिल्ला घर भई फिदिम बस्दै आएका बद्रीकुमार पाण्डेका १५ वर्षीय छोरा युवराज पाण्डेको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । कोठाभित्र रहेको बिजुलीको मल्टिप्लगको सर्किट छुँदा उनलाई करेन्ट लागेको थियो । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया प...
धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापुमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ । संखुवासभातिरबाट आइरहेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहका अनुसार दुर्घटनास्थलतर्फ टोली परिचालन गरिएको छ । टोलीले तत्काल उद्धारका काम गर्ने उल्लेख गर्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको संगालोखबरलाई जानकारी दिए । गाडीमा चालकसहित १० जना सवार रह...
भारत लैजान खोजिएको गाँजा विराटनगरमा बरामद

भारत लैजान खोजिएको गाँजा विराटनगरमा बरामद

विराटनगर । भारतीय नम्बरको कारबाट प्रहरीले विराटनगरमा ७२ किलो गाँजा बरामद गरेको छ । भारततिर लैजान खोजिएको उक्त गाँजा प्रहरीले आज बिहान विराटनगर–१८ मा बरामद गरेको हो । डब्लूबी १६ यू १०७१ नम्बरको कारमा राखेर गाँजा निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी टोलीले जाँचका लागि रोक्ने क्रममा कारका चालक ...
नेपाली तीर्थयात्री चढेको बस भारतको समस्तीपुरमा दुर्घटना

नेपाली तीर्थयात्री चढेको बस भारतको समस्तीपुरमा दुर्घटना

विराटनगर । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरु बारा जिल्लाको विभिन्न स्थानका भएको जनाइएको छ । उनीहरु जल चढाउन झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेका हुन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बसलाई गएराति पछाडिबाट ट्रक...
धनकुटामा प्रहरीले बरामद गरेको १० क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट

धनकुटामा प्रहरीले बरामद गरेको १० क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ । धनकुटा नगरपालिका–९ स्थित तमोर नदीको किनारमा १ हजार ८३ केजी गाँजा जलाएर नष्ट गरिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायत ठाउँबाट प्रहरीले गाँजा बरामद गरेको थियो । विभिन्न समयमा बरामद गरिएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहल...
ड्युटीमै बेहोस भएका प्रहरीको मृत्यु

ड्युटीमै बेहोस भएका प्रहरीको मृत्यु

सङ्खुवासभा । नियमित काममा रहेका बेला लडेर बेहोस भएका सङ्खुवासभाको मङ्गलबारेस्थित प्रहरी चौकीका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ । मादी नगरपालिका–२ मा ड्युटीमा खटिएका उनी अचानक बेहोस भएका थिए । उपचारका लागि निरौलालाई तेह्रथुमको बसन्तपुरस्थित स्वास्थ्य चौकी पुर्‍याइएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले गएराति उनलाई मृत घोषणा गरेको सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले जानकारी...
सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–४ मांतेवामा गएराति परेको चट्याङले स्थानीय ३४ वर्षीय तीर्थराज कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
विद्यार्थीलाई साइबर अपराधबारे चेतनामूलक प्रशिक्षण

विद्यार्थीलाई साइबर अपराधबारे चेतनामूलक प्रशिक्षण

विराटनगर । विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइबर अपराधसम्बन्धी दुई दिने प्रशिक्षण दिएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समय बढ्दै गएको साइबर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने साथै यसको प्रभावलाई कम गर्ने उद्देश्यले प्रशिक्षण दिइएको क्याम्पसले जनाएको छ । त्यस क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी नि...
साफ च्याम्पियनसिपः फाइनलमा पुग्न नेपाल र भुटान भिड्दै

साफ च्याम्पियनसिपः फाइनलमा पुग्न नेपाल र भुटान भिड्दै

काठमाडौँ । २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरू दशरथ रङ्गशालामा हुने...
कानेपोखरीमा डुबेर बालिकाको मृत्यु

कानेपोखरीमा डुबेर बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीया तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक घर भएकी उनी  कानेपोखरीमा रहेको फुपुको घरमा बस्दै आएकी थिइन् ।
तमोर दिदीबहिनी समूहद्वारा विश्रान्तिका वृद्धवृद्धालाई भोजन

तमोर दिदीबहिनी समूहद्वारा विश्रान्तिका वृद्धवृद्धालाई भोजन

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर दिदीबहिनी बचत समूहले विश्रान्ति मन्दिर मूलघाटमा रहेका वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । तिज आगमनको सन्दर्भमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको छ । विश्रान्ति मन्दिर परिसरमा अशक्त तथा आफ्ना छोराछोरी नभएका वृद्धवृद्धा बस्ने गरेका छन् । उनीहरूलाई भोजन गराएर नाचगानसहित मनोरञ्जनात्मक कार्यक्रम गरिएको समूहले जनाएको छ । आश्रममा  २० जना वृद्ध र १७ जना व...
धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटा । धनकुटामा आँप उत्पादन बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष आँप  उत्पादन वृद्धि भएको हो । धनकुटामा ५९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा ५४ हेक्टर क्षेत्रफलमा आँप खेती गरेका किसानले १ सय ५९ मेट्रिक टन आँप उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा आँप उत्पादन बढेर २ सय १८ दशमलब ३ मेट्रिक टन पुगेको कृषि...
२०८१ भदौ ९ गते आइतबार/आजको राशिफल

२०८१ भदौ ९ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ०९ गते आइतबार ई.सं.२०२४ अगस्ट २५ नेपाल सम्वत् ११४४ गुंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ०५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेप...
खोलामा बगेर अरुण तेस्रो आयोजनाका मजदुर बेपत्ता

खोलामा बगेर अरुण तेस्रो आयोजनाका मजदुर बेपत्ता

सङ्खुवासभा । अरुण तेस्रो जलविद्युत परियोजनाका एकजना मजदुर खोलाले बगाउँदा बेपत्ता भएका छन् । परियोजनाको चिचिला गाउँपालिका–३ पुखुवास्थित पावर हाउसमा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ का ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका हुन् । आज बिहान साढे ७ बजे उनी कागुवा खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएका गुरुङ...
श्रीकृष्ण जन्माष्टमी महोत्सवमा हजारौं भक्तजन सहभागी हुने

श्रीकृष्ण जन्माष्टमी महोत्सवमा हजारौं भक्तजन सहभागी हुने

विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ प्रभुपाद विराटनगर–१० ले श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउने भएको छ । सिटी प्यालेसमा विविध कार्यक्रम गरेर कृष्ण जन्माष्टमी मनाउन लागेको उपाध्यक्ष विपिन बिहारी दासले जानकारी दिए । भदौ १० गते सोमबार विभिन्न आत्मिक र धार्मिक कार्यक्रम गरेर बिहान साढे ७ देखि राति १२ बजेसम्म मनाइने उनले बताए । कार्यक्रममा हजारौं भक्तजन सहभागी हुने उनले बताए । कार्यक्रमलाई...
धनकुटाको साँगुरीगढीमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

धनकुटाको साँगुरीगढीमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मुक्तेनमा गएराती पिकअप गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुक्तेनबाट नाम्जे जाँदै गरेको को.२ च ११०५ नम्बरको पिकअप राती करिब ९ः१५ बजे पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका ६ का ३८ वर्षीय निरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार साँगुरीगढी ६ का ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीय मिना मगर र उनकी छोरी ६ वर्षीया...
२०८१ भदौ ८ गते शनिबार/आजको राशिफल

२०८१ भदौ ८ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ८ गते शनिबार ई.सं.२०२४ अगस्ट २४ नेपाल सम्वत् ११४४ गुंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको या...
धनकुटामा चिर्पटले हानेर दाजुको हत्या

धनकुटामा चिर्पटले हानेर दाजुको हत्या

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लाप्चेटारमा एक व्यक्तिले चिर्पट प्रहार गरेर भानिजदाजुको हत्या गरेका छन् । चौबिसे गाउँपालिका–६ का ५० वर्षीय कमल विश्वकर्माले भानिजदाजु साँगुरीगढी गाउँपालिका-५ का ५१ वर्षीय नर्विक विश्वकर्मामाथि चिर्पट प्रहार गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बेला विवाद हुँदा कमलले भानिजदाजु नर्विकमाथि चिर्पट प्रहार गरेका हुन् । कमल फुपुको छोरा र नर्विक ...
error: Content is protected !!